गोविन्द खड्काको विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता



९ भदौ, रामेछाप ।
प्रहरी हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकोको विरुद्ध जबरजस्ती करणको उजुरी दर्ता भएको छ । लिखु तामाकोसी गाउँपालिकाकै एक महिलाले खड्काले आफूलाई जबरजस्ती करणी गरेको र कसैलाई भने गोली हानिदिने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले खड्काले जबरजस्ती करणी गरेको भन्दै एक पीडित महिलाले प्रहरीमा उजुरी दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले यसको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’ प्रमुख पाठकका अनुसार मूलुकी फौजदारी संहिता २०७४ ले जवरजस्ती करणी भएको पुष्टि भएको अवस्थामा १ बर्ष सम्म मुद्धा दर्ता गर्न पाईने व्यवस्था गरेको छ ।

पीडित महिलालले दस महिना अघिको घटना भएको उजुरीमा उल्लेख गरेकी छिन् । पीडित महिलाले आफूले पटक–पटक प्रहरीमा उजुरी दिन जाने कोशिस गरेपनि गोविन्द खड्काले गोली हानेर मारिदिने धम्की दिएपछि उजुरी दर्ता गर्न नसकेको जानकारी गराउदै आफूलाई जबरजस्ती करणी गर्ने खडकालाई हदैसम्मको कारवाही माग गरेकी छिन् ।

यसअघि धोवी बजारको सडक उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्दक बनाएको अभियानमा खडकालाई पक्राउ गरिएको थियो । खड्काका विरुद्ध धोवीका शेरवहादुर खड्काले २१ रोपनी जग्गा पालिकाको नाममा भनि आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गराएको तर जग्गाको मूल्य २ करोड रुपैया नदिएको भन्दै ठगि मुद्धा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्