थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो



१० भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्