रामेछाप जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



११  भदाै, रामेछाप ।
रामेछाप जिल्लामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा स्वाब संकलन गरेका रामेछाप नगरपालिकाका चार जना र काठमाडौंमा स्वाब संकलन गरेर दुई जना गरी छ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले विहिवार संक्रमण पुष्टि हुनेमा १ जना महिला र ५ जना पुरुष रहेको बताउनुभयो । उहाँका अुनसार हालसम्म जिल्लामा विहिवार थपिएका संक्रमितसँग ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्