रामेछापमा थप ५ दिन निषेधाज्ञा बढाउने निर्णय



११ भदौ, रामेछाप ।
कोरोना भाइरसको संक्रमण उच्च स्तरमा बढने जोखिम रहेको भन्दै रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा थपिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्र निरन्तर कोरोना भाइरस बढिरहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा पाँच दिन थप्ने निर्णय गरेको हो ।

यसअघि रामेछापमा भदौ १३ गतेसम्मको लागि निषेधाज्ञा घोषणा गरिएको थियो । आज बसेको बैठकले निषेधाज्ञा यही भदौ १८ गते राती १२ बजेसम्मको लागि जारी राख्ने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

 

मिति 2077 भाद्र ११ गते विहिबारका दिन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएका निर्णयहरु

  1. विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-19 संक्रमण यस जिल्ला भित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2077/05/04 गतेको निर्णयमा छलफल गर्दा तथा यस जिल्लामा सो रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले मिति 2077/05/04 गते राती 12:00 देखि मिति 2077/05/13 गते राती 12:00 बजेसम्म लगाईएको निषेधाज्ञालाई मिति 2077/05/18 गते राती 12:00 बजेसम्म जारी राख्ने, अत्यावश्यक बाहेकका अन्य पसलहरु सञ्चालन गर्न सहजीकरण गर्ने ।
  2. कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्धमा हाल सम्म 892 जनाको RDT परिक्षण, 1125 जनाको PCR परीक्षण गरिएको, 1012 जना Report Negative आएको 33 जनाको कोभिड-19 संक्रमण पुष्टि भएकोमा सबै जना निको भएको, 80 जनाको  Report  आउन बाँकी रहेको, हाल 16 जना क्वारेन्टिनमा रहेको, समीक्षा गरियो ।
  3. लागू गरिएको निषेधाज्ञाको पालना स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गरी मापदण्ड पालना गराउन देहाय बमोजिमको समिति गठन गरी अनुगमन गर्ने ।

क) जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले जिल्ला स्तरको अनुगमन गर्नेछ।

ख) पालिका प्रमुख/अध्यक्षको संयोजकत्वमा पालिका स्तरको ।

ग) वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरको ।

घ) क्वारेन्टिन/आइसोलेसनको अनुगमन गर्ने र पालिकाको अनुगमन प्रतिनिधिका रुपमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालबाट प्रतिनिधत्व गर्ने ।

ङ) उद्योग/व्यवसायको उद्योग बाणिज्य संघबाट ।

च) होटल/रेष्टुरेन्टको होटल व्यवसायी संघबाट ।

छ) सरकारी, गैरसरकारी, बैंक वित्तीय संस्था, सहकारी, संघ/संस्थाहरु र सम्बन्धि सबै निकायहरुले अनुगमन गरेको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने ।

(अनुगमन समिति प्रतिनिधिमूलक र न्यूनतम संख्या हुनुपर्ने)

ज) अत्यावश्यक सेवासँग सम्बन्धित अति जरुरी पेशा, व्यवसाय सेवा सञ्चालन गर्दा मास्क लगाउने, निश्चित दूरी कायम गर्ने तथा साबुनपानी वा स्यानीटाइजरको प्रयोग लगायत जनस्वास्थ्य मापदण्ड, सुरक्षा मापदण्ड प्रोट्रोकलहरु र विषयगत मन्त्रालय/निकायबाट जारी भएका मापदण्ड निर्देशिका सम्बन्धित पेशा वा व्यवसाय सेवा सञ्चालन एवं व्यवस्थापन गर्ने, सबै सरकारी, गैर सरकारी, निजी, व्यक्ति, संस्थाले अनिवार्य पालना गर्ने/गराउने ।

  1. सम्भाव्य सङ्क्रमित व्यक्ति, समूह, समुदाय क्षेत्र तथा स्थानमा RT-PCR परीक्षणको कार्य थप प्रभावकारी, बनाउन जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालबाट आवश्यक कार्य गर्ने र VTM परीक्षण किट खरिदको लागि पालिका, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटीलाई अनुरोध गर्ने ।
  2. जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरु विभिन्न स्वास्थ्य प्रोट्रोकलहरु, संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने विषयहरु, संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरु, रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शिघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने र गर्न नहुने विषयहरु सम्बन्धमा सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धि कार्य स्वास्थ्य कार्यालयले गर्ने ।
  3. यस जिल्लाको विभिन्न नाकामा चेकजाँचलाई कडाई जिल्ला प्रहरी कार्यालयबाट गर्ने र जिल्ला भित्रिने व्यक्ति तथा सवारी साधनका कडाई गरी काठमाण्डौ उपत्यका लगायत उच्च संक्रमण भएका जिल्लाबाट आउने व्यक्तिहरुलाई 14 दिन होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने ।
  4. भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिलाई संस्थागत क्वारेन्टिनमा राख्न पालिकाहरुलाई अनुरोध गर्ने, 5 दिनपछि परीक्षण गर्ने व्यवस्था स्वास्थ्य कार्यालयले गर्ने ।
  5. जिल्ला अस्पतालमा आइसोलेसन वेड थप गर्न प्रदेश सामाजिक विकास मन्त्रालयमा अनुरोध गरी पठाइएको यस पूर्वको बैठकमा भएको निर्णयको Follow up गरी जिल्ला अस्पताल व्यवस्थापन समितिले वेड विस्तार गर्ने कार्य शिघ्र सम्पन्न गर्ने ।
  6. जिल्लामा खाद्यान्न तथा इन्धनको नियमित आपूर्तिको व्यवस्था गरी आवश्यक मात्रामा भण्डारणको व्यवस्था उद्योग बाणिज्य संघबाट मिलाउने ।
  7. शव व्यवस्थापनको स्थान तोकी पठाउन पटक-पटक पालिकाहरुलाई अनुरोध गरी पठाईएतापनि 2 वटा पालिकाको बाहेक अन्य पालिकाबाट नआएकोले पालिकाबाट स्थान तोकी नआएमा जिल्ला सुरक्षा समितिले निर्णय गरी उपयुक्त स्थानमा शव व्यवस्थापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्