खाँडादेवी गाउँपालिकामा १५ करोडमा १५ शैयाको अस्पताल बन्दै



१२ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाको पहलमा पहिलो पटक गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको होे । स्थानीय सरकारको समन्वयमा संघीय सरकारको सहयोगमा अस्पताल निर्माणको काम अगाडि बढेसँगै गाउँपालिकावासीमा नयाँ आशाको सञ्चार गराएको छ ।

बहुबर्षिय ठेक्का अन्तर्गत गत बर्षबाट काम अगाडि बढेको अस्पताल निर्माणको लागि यस बर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको केन्द्रसँगै निर्माण सुरु भएको अस्पताल निर्माणको लागि आवश्यक पर्ने जग्गा स्थानीयले निशुल्क रुपमा उपलब्ध गराएका थिए ।
गाउँपालिकाको पहलमा पहिलो पटक अस्पताल निर्माणको काम अगाडि बढाउन सकिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । ‘हामीले अस्पताल निर्माणलाई प्राथमिकतामा राखेका थियौ, संघीय सरकारबाट पनि अस्पताल निर्माणको लागि राम्रो सहयोग भयो, स्थानीयले निशुल्क रुपमा जग्गा दिएर सहयोग गर्नुभयो, अबको तीन बर्षभित्र अस्पताल निर्माण सम्पन्न गर्न आग्रह गरेका छौं ।’

अस्पताल सञ्चालनमा आएपछि खाँडादेवी गाउँपालिकाका बासिन्दालाई सामान्य उपचार गर्नको लागि सदरमुकाम मन्थली र राजधानी काठमाडौं जानुपर्ने बाँध्यता हटनेछ ।

प्रतिक्रिया दिनुहोस्