रामेछापमा कुकुर आतंकः कुकुरले टोक्दा मन्थलीमा ८ जना घाइते



१३ भदौ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा शनिवार सामान किन्न बजारमा आएका मानिसहरुका बीचमा एक्कासी भाडदौड मच्चियो । मानिसहरु चिच्याउदै माग्न थाले । यो दृष्य थियो मुस्या कुकुरले धमाधम मानिसहरुलाई टोक्न थालेको  । शनिवार रेबिज लागेको आशंका गरिएको भुस्याह कुकुरले टोक्दा मन्थलीका ८ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको र चार जनाको मन्थलीकै तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार एक महिना अघि पनि मन्थलीमा भुस्याह कुकुरले दुःख दिएको थियो ।

रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए । मानिस देख्ने वित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाइ भने  स्थानीयले मारेका छन् । कोरोनाको त्रासमा बसिरहेका मन्थलीमा कुकुरले थप आतंकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्