रामेछापमा मलको हाहाकारः आवश्यकता ४ हजार टन, मल आयो १४ सय बोरा



१७ भदौ, रामेछाप ।
मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका रामेछापका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मन नपाउदा चिन्तित बनेका छन् ।
बर्षेनी धानबालीमा मल हाल्ने बेलामा अहिले रासायनिक मलको चरम अभाव खेप्दै आएका छन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । रामेछाप  जिल्लाका छ वटा स्थानीय तहमा किसानहरू मन नपाउदा थप चिन्तित बनेका छन् । कोरोनाको कारण कृषि पेशाबाटै आफ्नो जीविका चलाउने सुरसारमा रहेका किसान समयमा नै मल नपाउदा मेहनत खेर जाने चिन्तामा  परेका छन् ।
रामेछाप जिल्लामा रासायनिक मल वितरण गर्ने थोरै मात्र वितरण केन्द्रले अनुमति लिएका छन् । साल्ट ट्रेनिङले अनुमति प्राप्त सहकारी संस्थालाई मात्र मल दिने गरेको छ । रामेछाप जिल्लामा यस सिजनमा चार हजार टन रासायनिक मल आवश्यक पर्ने भएपनि चार सय टन मात्र मल जिल्लामा आइपुगेको छ ।
कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङले कृषि सामाग्री केन्द्र लिमिटेडबाट जिल्लामा रासायनिक मल नआएको बताउदै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस सिजनमा १४ सय ४० बारे मल जिल्लाको लागि छुटयाएको रामेछाप न्युजलाइ बताउनुभयो ।
उहाँका अनुसार भदौ चौथो साताबाट कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल प्राप्त हुनेछ । जिल्लामा आउने रासायनिक मल हारालुछ हुने  गरेकाे छ ।  स्थानीय तहले रासायनिक मल व्यवस्थापनको अधिकार नपाउदा समयमा नै किसानले मल प्राप्त गर्नबाट बञ्चित हुँदै आएका छन् ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले मल पाउने आशामा किसानहरुले निकै सास्ती पाएको बताउनुभयो । उहाँले मल खरिद गर्नको लागि स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउदै समयमा नै मल नपाउदा किसानहरुले लगाएको धान खेतीको उत्पादन राम्रो नुहने बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले साल्ट टे«निङको आधिकारिक विक्रेता प्रभावशाली कृषि सहकारी संस्था राकामुमबाट जिल्लाभर मल विक्रि वितरणको काम अगाडि बढाइएको बताउनुभयो । यसअघि साल्ट टे«निङका आधिकारिक वितरणको अनुमति लिएका एक सहकारी संस्थाका अध्यक्ष मल कालोबजारीमा पक्राउ परेर ढरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्