रामेछापमा भदौ २५ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय



१८ भदौ, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछाप जिल्लामा यही भदौ २५ गतेसम्म निषेधज्ञा लम्ब्याउने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको बैठकले भदौ २५ गतेसम्म निषेधज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले बिहानको पसल खोल्ने दिने समय केही लम्ब्याएको छ । यसअघि बिहान १ बजेदेखि ११ बजेसम्म पसल सञ्चालनको समय तोकिए पनि त्यसलाई थप गरेर बिहान ५ बजदेखि १ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्ने दिने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्