जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच जना प्रहरीमा कोरोना संक्रमण
१९ भदौ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय मन्थलीमा कार्यरत प्रहरीहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाब संकलन गरेर पठाइएकोमा आज पाँच जना प्रहरीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।
जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा पाँच जना प्रहरी र तामाकासी अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
योसँग रामेछाप जिल्लामा स्वाब संकलन गरेर पठाइएका मध्ये ४३ जना पुगेको छ । रामेछाप र अन्य जिल्लामा गरिएको परीक्षणमा हालसम्म रामेछापका ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको थापाले जानकारी दिनुभयो ।