कार्कीको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण
२१ भदौ, रामेछाप ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
खाँडादेवी गाउँपालिकाका कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरुसहित गैरदलित पत्रकारहरुलाई पनि संघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यको लागि प्रेस ज्याकेट् मास्क, स्यानिटाइजर् र सर्जिकल मास्क पनि उपलब्ध गरिएको छ ।संघमा आवद्ध १० जना र संघ बाहिरका जिल्लामा पत्रकारीता पेशामा आवद्ध पत्रकारहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।