अदालतमा बयान दिदादिदै गोविन्द खडकालाई कारोना भएको रिपोर्ट आएपछि…..



२३ भदौ, रामेछाप ।
तीन वटा मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई बयानको लागि जिल्ला अदालतमै रहेको बेला कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

प्रहरीले अनुसन्धान सकेर आजबाट जिल्ला अदालतमा बयान दिने क्रममा खडकोको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रामेछापले हिरासतमा रहेका दुई सहित मन्थलीका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

हिरासतमा रहेका खड्का र उनका स्वकीय सचिवमा पनि कोरोना संक्रमण देखिएको छ । आजबाट थुनछेकको बहस सुरु भएपनि जिल्ला न्यायधिशले संक्रमण पुष्टि भएका व्यक्तिको बयान जारी राख्छन या स्थगित गर्लान चासोको विषय बनेको छ ।

खड्कामाथि शरीर बन्द, ठगी र बलात्कार गरी तीन वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर सोमवार जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्