रामेछापका थप २ जनामा कोरोना संक्रमण



२५ भदौ, काठमाडौं ।

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप स्थायी घर भइ हाल जिल्ला घर भएर हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार रामेछापको खाँडादेवी गाउपालिका– ३ का २६ र ३८ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए ।

प्रतिक्रिया दिनुहोस्