खाँडादेवी गाउँपालिकामा ९ पदका लागि जागिर खुल्यो (सूचनासहित)



२६ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले करारमा नौ जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले विभिन्न पदमा गरी नौ कर्मचारी भर्ना गर्नको लागि सूचना प्रकाशित गरेको हो ।
खाँडादेवी गाउँ कार्यपालिकाको निर्णयअनुसार ईन्जिनियर, सब ईन्जिनियर, असिस्टेन्ट सब इन्जिनियर, हेलपोष्ट अधिकृत, अहेव, अनमी, कृषि प्राविधिक , पशु प्राविधिक, कार्यालय सहयोगी लगायतको कर्मचारी सेवा करारमा लिनु पर्ने भएकाले सूचना प्रकाशित गरेको जनाएको छ । दरखास्त तथा यस सम्बन्धी विस्तृत जानकारी गाउँपालिकाको वेभसाईट https://khandadevimun.gov.np/  मा प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्