हालसम्म रामेछापका १ सय १२ जनामा कोरोना संक्रमण



२७ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हालसम्म जिल्लाका १ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाबाट स्वाब संकलन गरेर पठाइएका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभित्र ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडाैं सहित विभिन्न जल्लामा स्वाब परीक्षण गराएका रामेछापका ५७ जनामा हालसम्म काेराेना देखिएकाे छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लामा ५ जना प्रहरी सहित आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ का ८६ वर्षिय एक महिला र जिल्ला प्रहरी कार्यालय रामेछापका पाँच जना प्रहरीमा कोरोना देखिएसँगै मन्थलीमा थप सुरक्षा सर्तकता अपनाइएको छ । जिल्लाभित्र हाल १८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्