कुलमानको नियुक्ति फेरि हुन्छः नेकपा प्रवक्ता श्रेष्ठ



२९ भदौ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताउनुभएको छ । घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने विश्व‍वास व्यक्त गर्नुभएको हो ।
वर्षौंदेखिको लोडसेडिङ समस्याबाट मुलुकलाई मुक्त गरेर जनतालाई उज्यालो दिएका घिसिङको चार वर्षे कार्यकाल आइतवार सकिएको थियो ।

श्रेष्ठले सोमबार ट्‍वीटरमा लेख्नुभएको छ,‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल गर्न आज साझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्‍त्री केपी ओलीले अपरान्‍ह पाँच बजे बैठक बोलाएका छन्। नागरिकस्तरबाट उनलाई नियुक्त गर्न व्यापक दबाब छ।

प्रतिक्रिया दिनुहोस्