असाेज ५ गतेदेखि रामेछाप–काठमाडौं सार्वजनिक यातायात चल्ने



३० भदौ, काठमाडौं ।
सरकारले असाज ५ गतेदेखि लामो दुरीको सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै रामेछाप–काठमाडौ सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएको छ । । सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउन असारमा खुला गरेको थियो ।

साउनबाट सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेपनि कोरोना संक्रमितको संख्या ह्वातै बढेसँग सरकारले पुनः सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ पहिलो सातादेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेपनि चौतर्फी दबाब परेसँगै निषेधाज्ञा हटाएको छ ।

सरकारले यही असाेज ५ गतेबाट लामो दुरीको सवारी साधन सञ्चालन गर्ने निर्णयसँगै यातायात व्यवसायीले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी थालेका छन् । यातायात व्यवसायी महासंघले सरकारले निर्णय नगरे असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने चेतावनी दिएपछि सरकारले लामो दुरीको सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ । हाल जिल्लाभित्र भने सावजनिक सवारी साधन चल्दै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्