कुलमानको पक्षमा काठमाडौंमा बिहानैदेखि प्रदर्शन



३१ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणबाट विदाई भएका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा आज बिहानैदेखि प्रदर्शन भएको छ। आज बिहान बिहान जोरपाटी चोकमा कुलमान घिसिङको पक्षमा नागरिकहरु स्वःस्फर्त रुपमा उत्रिदै सरकारको चर्को आलोचना गरेका छन् ।

१८ घन्टासम्म रहेको लोडसेडिङ हटाउनुको साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएकै कारण जनस्तरबाटै पुनः एक कार्यकाल निरन्तरता दिनुपर्ने माग उठेपनि सरकारले सुनुवाई नगरेको भन्दै विदाई भए लगत्तै नागरिकरु सडकमा उत्रिएका छन् ।

चार बर्षे कार्यकाल सकेर विदा भएका घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्र समेत चर्को बहस सुरु भएको छ । आज जोरपाटीमा देखिएका यी दृष्य कुनै पनि कर्मचारीका पक्षमा भएको स्वस्फूर्त प्रदर्शनको नमुना बनेको छ।

सोमवार नै युवाहरुले माइतीघर मण्डलामा कुलमानको निरन्तरता दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । सोसल मिडियादेखि आम नागरिकहरुले कुलमानको निरन्तरता खोजे पनि सरकारले इच्छा नदेखाउदा सरकारप्रति नागरिकहरुको आक्रोश बढदै गएको छ । आजै माइतीघर मण्डलामा र कीर्तिपुरमा समेत घिसिङको पक्षमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्