धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड दिने बागमती प्रदेश सरकारको निर्णय



१ असोज, हेटौडा ।

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७ ७८ का लागि अनुदान रकम दिन लागको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कोभिड–१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न निर्णय भएको बताउनुभयो । उहाँका अनुसार बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्