रामेछापका थप ६ जनामा कोरोना संक्रमण



२ असोज, काठमाडौं ।
रामेछाप जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप स्थायी घर भइ काठमाडौका बसोबास गर्दै आएका छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा रामेछापका ६ जनामा संक्रमण देखिएको जानकारी गराएको छ ।
योसँग रामेछापका संक्रमितको संख्या १ सय १९ जना पुगेको छ । रामेछाप जिल्लभित्र पिसिआर परीक्षणको क्रममा हालसम्म ५५ जना र काठमाडौं सहित विभिन्न जिल्लामा गराएको पिसिआर परीक्षणमा ६४ जना जिल्लाका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज कोरोना पुष्टि भएका छ जनाको स्वाब रामेछापमा संकलन नगरिएको बताउनुभयो । उहाँले काठमाडौंमा पुष्टि भएका छ जनाको जिल्लाको ठेगाना पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्