रामेछापका थप ९ जनामा कोरोना संक्रमण



३ असोज, काठमाडौं ।
रामेछाप जिल्लाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापका थप नौ जनामा कोरोना संक्रमण देखिएको बताउनुभएको हो ।

जस मध्ये रामेछाप स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आएका सात जना र रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका एक/एक जना रहेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापालेले  नाै जना मध्ये दुइ जनाकाे रामेछापमा स्वाब लिएकाे र बाँकी सात जना काठमाडाैमा स्वाब दिएकाे बताउनुभयाे ।  रामेछापमा हालसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ सय २८ पुगेकाे छ ।

त्यसैगरी बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्