सुरक्षा निकायमा पहिलो पटक कोरोनाबाट रामेछापका सैनिक जवानको मृत्यु



४ असोज, काठमाडौं ।
सुरक्षा निकायमा पहिलो पटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । नोपली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो । यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । प्रवक्ता पौडेललका अनुसार हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएका छन् । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्