रामेछापमा पहिलो पटक १२ बर्षिय बालकमा देखियो कोरोना



५ असोज, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक १२ बर्षिय बालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८ जना संक्रमित मध्ये गोकुलगंगा गाउँपालिका–४ का १२ बर्षियक बालक पनि रहेका छन् । हालसम्म रामेछाप जिल्लाका १ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

रामेछाप जिल्लामा स्वाब संकलन गरेर पठाइएका ६५ जना र काठमाडौं सहित विभिन्न जिल्लामा परीक्षण गराएका ७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म जिल्लाभित्र १३ सय २४ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी जिल्लामा हाल १३ जना आइसुलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्