मोटरसाइकल दुर्घटनामा रामेछापका श्रेष्ठको मृत्यु



७ असोज, काठमाडौं ।
मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को घताले चोकमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप मन्थली नगरपालिका फुलासीका २० बर्षिय अनिश श्रेष्ठको मृत्यु भएको हो ।

मंगलबार बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा मृत्यु महानगरीय वृहरी वृत्त जागतीका डिएसपी राजेन्द्र थापाले रामेछाप न्युजलाइ  बताउनुभयो ।

मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराज भने अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्