नेकपा रामेछापका युवा नेता बुद्ध लामाको निधन



८ असोज, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका युवा नेता बुद्ध लामाको निधन भएको छ । तत्कालिन युवा संघ रामेछापका अध्यक्ष समेत रहनुभएका युवा नेता लामाको हृदयघातको कारण निधन भएको हो । मन्थली नगरपालिका–१४ निवासी लामा लामो समयदेखि नेकपाको राजनीतिमा क्रियाशिल रहदै आउनुभएको थियो ।
हरिसिद्धि मावि फुलासीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका लामालाई थप उपचारको लागि मन्थली ल्याउने क्रममा बाटोमै निधन भएको थियाे ।

प्रतिनिधिसभा सासद समेत रहनुभएका नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले युवा नेता बुद्ध लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले नेता लामाको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभएको हो श्रेष्ठले यस दुखद घडीमा मृतक लामाप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो संमवेदना व्यक्त गर्नुभएको छ ।

मन्थली नगर कमिटीका सदस्य समेत रहनुभएका लामालाई उपचारको लागि लैजाने क्रममा किर्नेस्थित स्वास्थ्य केन्द्रका डाक्टरले मृत घोषणा गर्नुभएको थियो । उहाँ लामाको पार्थिक शरीरलाई मन्थली नगरपालिका–१४मा रहेको घ्याङमा राखिएको छ ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले लामाको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँले दुखद घडीमा मृत आत्माप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा संमवेदना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्