बुद्ध लामाको निधनप्रति मन्त्री ढुंगेलद्धारा दुःख व्यक्त



८ असोज, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपा रामेछापका युवा नेता बुद्ध लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुगेलले तत्कालिन युवा संघ रामेछापका अध्यक्ष समेत रहनुभएका युवा नेता लामाको निधनले पार्टीलाई ठूलो क्ष्ाित पुगेको बताउनुभएको हो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘पार्टीले जुझारु युवा नेता गुमाएको छ ।’ उहाँले यस दुखद घडीमा मृतक लामाप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो संमवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्