ब्रेकिङः लिखु तामाकाेसी गाउँपालिकाका अध्यक्ष  गोविन्द खड्का पर्पुक्षका जेल चलान



९ असोज, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका् पर्पुक्षका लागि जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि आज थुनछेकको बहस सकिएसँगै रामेछापका जिल्ला न्यायधिश स्वीकृती पराजुलीले पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको उच्च स्राेतले रामेछाप न्युजलाइ बतायाे ।

धोवी बजारको सडक निर्माण गर्न ठगित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले शरीर  बन्दक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए । त्यससँगै गाउँपालिका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दस महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन ।

जिल्ला अदालतल रामेछापले बलात्कारको आरोपमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको छ । अदालतले ठगी मुद्दामा ५० लाख र शहरी बन्दक मुद्दामा २ लाख ढरौटी माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्