बलात्कारको आरोपी गोविन्द खडकालाई मध्ये राती जेल पुर्‍याइयो



१० असोज, रामेछाप ।
बलात्कारको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा पुर्याइएको छ ।

शुक्रवार जिल्ला अदालत रामेछापको न्यायाधिश स्वीकृती पराजुलीले बलात्कारको मुद्दामा खडकालाई पुर्पक्षको लागि जेल पठाउने फैसला गर्नुभएको थियो । अदालतको फैसलासँगै प्रहरीले सदरमुकाम मन्थलीबाट राती ११ बजे जिल्ला कारागार रामेछाप पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले अदालतको फैसला अनुसार प्रक्रिया पुर्याएर राती नै जिल्ला कारागार मन्थली पुर्याइएको रामेछाप न्युजलाई बताउनुभयो ।

गोविन्द खडकामाथि बलात्कार, ठगी र शरीर बन्दक गरी तीन वटा मुद्दा परेको छ । अदालतले बलात्कारको मुद्दामा जेल पठाउने फैसला सुनाउदै ठगीमा ५० लाख र शरीर बन्दकमा २ लाख गरी ५२ लाख ढरौटी माग गरेको छ । पुर्पक्षको लागि थुनामा पठाउने फैसला सुनाएको अदालतले अर्को पेसी तोकेपछि अदालतमा उक्त मुद्दामाथि बहस हुनेछ । मन्थली नगरपालिकाकी एक महिलालाई १० महिना अघि बलात्कार गरेको ओरोपमा अध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्