मन्त्री ढुंगेलको पहलमा साढे ५ करोडमा खानीखोलामा पक्की पुल बन्दै



११ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाको खानीखोलामा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिकाको केन्द्र हिलदेवीबाट वडा नम्बर १ जोडन खानीखोलाको खिम्ती वेसींमा पक्की पुल बन्न लागेको हो । सुनापती गाउँपालिकाको सक्रियतामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा उक्त पुल निर्माणको काम अगाडि बढन लागेको हो ।

पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाले खानीखोलामा पुल निर्माण गर्नको लागि ठेक्का आह्वान गरिएको बताउनुभयो । उहाँका अनुसार करिब चालिस मिटर लम्बाई रहेको पुल निर्माण गर्न साढे पाँच करोड बजेटमा ठेक्का आह्वान गरिएको छ ।

उक्त पुल निर्माण भएसँगै एक नम्बर वडाका नागरिकहरुलाई गाउँपालिकाको केन्द्रको साथै सदरमुकाम मन्थली जान समेत सहज हुने भएको छ । खानीखोलामा पक्की पुल नहुँदा बर्षाको समयमा यातायात सञ्चालन गर्न समेत कठिनाई हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्