खाँडादेवी गाउँपालिकामा १५ सय घरमा धारा जडान



१४ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र १५ सय घरमा धारा जडान भएको छ । गाउँपालिकाको सुख्खा ग्रस्त क्षेत्रको रुपमा चिनिदै आएको पकरवास र भिरपानीमा नागरिकहरुलाई सहज रुपमा खानेपानीको पुर्याउने उदेश्यले लिफ्ट खानेपानी आयोजना अन्तर्गत घरघरमा धारा जडान गरिएको हो ।
तामाकोसी– पकरवास लिफ्ट खानेपानी आयोजना अन्तर्गत ६ सय ८६ घरमा धारा जडान भएको छ छ भनेसुनकोसी–भीरपानी लिफ्ट खानेपानी आयोजना अन्तर्गत ६ सय धारा जडान भएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले तीन बर्षको अवधिमा पकरवास, भिरपानी गागलभदौरे र पिङखुरीमा गरी करिब १५ सय घरमा धारा जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाले सुख्खा ग्रस्त वडाको पहिचान गरेर सहज रुपमा खानेपानी उपलब्ध गराउने गरी कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले सुनकोसी–भीरपानी लिफ्ट खानेपानी आयोजना अन्तर्गत वडाको ६ सय घरमा खानेपानीको धारा जडान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्