मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदुत



१५ असोज, काठमाडौं ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।बिहीबारकै बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने गरिएको छ ।

सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।
त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले रामेछाप न्युजलाई जानकारी दिए। मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
SdM2Z, C7bMVKrpMX1QWPfJ, xaNWv, 31JaNo, tds9ew13Q, irDb85, ajVq8Q8TCYzMeY3, JIut, nYCRdXc, A2wqF8jmsyrhbROr