रानीपोखरीको मन्दिरमा गजुर राखियो



१५ असाेज, काठमाडाैं ।

२०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि बढेको हो ।

केही दिनअघि मात्र पानी भरिएको रानीपोखरीमा आजा रानीपोखरीमा रहेको मन्दिरको शीरमा गजुर स्थापना गरिएको छ । गजुर स्थापनाअघि धार्मिक विधिअनुसार पूजा गरी गजुरलाई स्थापना गरिएको थियो ।

भुकम्प गएको झण्डै छ बर्षपछि रानीपोखरीको पुननिर्माण गरिएको हो । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिएको छ । लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Oia8Wn2p6zYxGtGy, YOrYOht46FNz, DeU8YnX, 1bubtiFZs, W5bA2HQ, JRckPRqhZ2jxi1, FUrY2jgFt3r, qKoJuQwit5E2I, NrIpAPr6xsf, 6Oakn4Cggc4o8At