रामेछापका युवाहरुलाई उत्पादनसँगै जोडेर लैजान्छौः गुरुङ



१९ असोज, काठमाडौं ।
राष्ट्रिय युवा संघ रामेछापका इन्चार्ज जय गुरुङले रामेछापका युवाहरुलाई उत्पादसँग जोडेर लैजाने बताउनुभएको छ । उहाँले पार्टीको नीति अनुरुप युवाहरुलाई उत्पादनसँग जोडेर लैजाने बताउनुभएको हो ।

स्थानीय सरकारसँग समन्वय गरेर कृषि, पशुपालन लगायतको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाउने बताउदै इन्चार्ज गुरुङले रामेछाप न्युजसँग भन्नुभयो,‘अब नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वय गरेर जाने बेला आएको छ ।’

उहाँले सकेसम्म विदेशमा रहेको युवा जनशक्तिलाई जिल्ला फर्काउने गरी रोजगारीको अवसर सृजना गरिनु पर्ने बताउदै जिल्लाभित्र भएका युवा जनशक्तिलाई विदेश जान नपर्ने अवस्था बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्लाभित्र संगठनलाई छिट्टै पूर्णता दिएर काम अगाडि बढाउने बताउदै राजनीतिसँग युवाहरु उत्पादनसँग जोडिनु अनिवार्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्