रामेछापको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा (फोटोफिचर)



१९ असोज, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा पहिलो पटक पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । सरकारको निर्णय अनुसार गाउँपालिकाभित्र पाँच शैयाको कोभिड–१९ अस्पताल सञ्चालनमा आएको हो । पाँच शैयाको अस्पतालको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सोमवार उदघाटन गर्नुभयो । अस्पताल उदघाटन गरेसँगै गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालबाट आजैबाट डाक्टर सहितको सेवा सुरु भएको छ ।

अस्पतालको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष सुनुवारले गाउँपालिकाभित्र पहिलो पटक अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । अहिले कोरोना संक्रमणबाट जोगिन सबै नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिदै उहाँले अब सामान्य उपचारको लागि सदरमुकाम मन्थली र राजधानी काठमाडौं जानु पर्ने बाँध्यता हटेको बताउनुभयो । अध्यक्ष सुनुवारले भन्नुभयो,‘जिल्लाको दुर्गम गाउँपालिकामा पनि जनताको सेवा गर्न आउनुभएका डाक्टर सहितका नर्सहरु प्रति गाउँपालिका आभार प्रकट गर्दछ ।’

उमाकुण्ड गाउँपालिका–४ प्रितिमा आजबाट सञ्चालमा आएको अस्पताल उदघाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेवी, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुमार पैकरा, अस्प्तालका डा. पेमा देचेन गुरुङ लगायतको सहभागीता रहेको थियो ।

डा. गुरुङले उमाकुण्ड गाउँपालिकाका नागरिकहरुको सेवा गर्न आफू आएको बताउदै सकेको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । डाक्टर सहित स्र्टाफ नर्स कन्चन सुनुवार, विनिता थापा सहितको टोलीले आजबाट अस्पतालमा सेवा प्रवाह सुरु गरेसँगै गाउँपालिकावासीमा खुसीयाली छाएको छ । यसअघि नै गाउँपालिको वडा नम्बर ५ प्रितिको स्वास्थ्य चौकीबाट ल्याब र एक्सेर लगायतको सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्