रामेछापका थप १२ जनामा कोरोना संक्रमण पुष्टि
१९ असोज, काठमाडौं ।
रामेछाप जिल्लाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २४ सय ४० जना मध्ये रामेछाप जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लामा स्वाब संकलन गरिएका १४ सय ६० जना मध्ये ८१ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार काठमाडौं सहित विभिन्न जिल्लामा गरी रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म रामेछापका १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।