लिखु तामाकोसी गाउँपालिकाको यस बर्षकाे बजेट पारित



१९ असोज, रामेछाप ।
नीति तथा कार्यक्रम र बजेट ल्याएको तीन महिनापछि लिखु तामाकोसी गाउँपालिकाको यस आर्थिक बर्ष २०७७।०७८ बजेट पारित भएको छ । लिखु तामाकोसी गाउँपालिकाको गाउँ सभाले ६२ करोड ३५ लाख ५ हजार ६९ रुपैयाँ ८० पैसाको बजेट पारित गरेको हो ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का बलात्कारको आरोपमा केही साता अघि पुर्पक्षको लागि जेल चलान भएपछि कार्यवहाक अध्यक्ष दीपशिखा दाहालको अध्यक्षतामा बसेको बैठकले यस बर्षको बजेट पारित गरेको छ । कार्यवहाक अध्यक्ष दाहालले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विगतमा भएको घटनाबाट पाठ सिकेको छौ, अब तीब्र गतिमा बजेट कार्यान्वय गरेर समृद्धि लिखु तामाकोसी गाउँपालिका बनाउन जुटछौं ।’

गत असार १० गते गाउँपालिकाले नीति तथा कार्यक्रम र एकमुष्ट बजेट ल्याए पनि गाउँपालिकाभित्रको आन्तरिक विवादको कारण गाउँसभाबाट बजेट पारित हुन सकेको थिएन । गाउँपालिकाका अध्यक्ष खड्का जेल चलान भएसँग बसेको गाउँसभाले बजेट पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्