दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु



२० असोज, रामेछाप ।
दोरम्बा गाउँपालिका–४ गौश्वरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती ना ७ त ८७३ नम्बरको ट्याक्टर गौश्वराको शैलुङ–खारपानी सडकको उकालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरमा रहेको एक जनाले भने हाम फालेर ज्यान बचाउन सफल भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ७ टारका ट्याक्टर चालक पेमा तामाङ र  अर्को फुर्वा तामाङ रहेको वडा अध्यक्ष चन्द्र बहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्