कोरोनाबाट रामेछापकी २० बर्षिय युवतीको मृत्यु



२० असोज, काठमाडौं ।
कोरोना संक्रमणको कारण रामेछाप जिल्लामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भइ उपचारको क्रममा रामेछाप नगरपालिका– ३ साँघुटार घर भई हाल काठमाडौँ बस्दै आएकी २० वर्षीया युवतीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले युवतीको उपचारका क्रममा सोमवार मृत्यु भएको जानकारी दिएको छ । मृतक युवती काठमाडौँमा बचत संकलनको काम गर्दै आएको बताइएको छ । योसँगै रामेछाप घर भएका २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रामेछम जिल्लाका हालसम्म १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्