रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः सांसद श्रेष्ठ



२० असोज, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ ।

उहाँले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम भइरहेको बताउदै विकास निर्माणको कामले गति लिएको बताउनुभएको हो । यस आर्थिक बर्षको लागि संघीय सरकारले पाँच अर्ब भन्दा बढी विनियोजन गरेको बताउदै सांसद श्रेष्ठले जिल्लाको विकासमा आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

लिखु तामाकोसी गाउँपालिका पाँचौ गाउँसभालाई सम्बोधन गर्दै उहाँले लिखु तामाकोसी गाउँपालिकाको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयो । सडक लगायतका पूर्वाधार निर्माणको डिपिआर तयार पारेर ल्याउन आग्रह गर्दैै सांसद श्रेष्ठले आवश्यक बजेटको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेलले समृद्ध रामेछाप निर्माण गर्नको लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अगाडि बढनु पर्नेमा जोड दिनुभयो । उहाँले लिखु तामाकोसी गाउँपालिका अगाडि सारेको नीति कार्यक्रम कार्यान्वयन गर्नको लागि एकताबद्ध भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठ, बागमती प्रदेशका सांसद एवं नेकपा रामेछापका सचिव शान्ति पौडेल, लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहाल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्