चोप्राङ खोलामा बाँध बाँधेर हराभरा बनाउने खाँडादेवी गाउँपालिकाकाे नयाँ योजना



२४ असोज,रामेछाप ।
खाँडादेवी गाउँपालिकाले सुख्खा ग्रस्त क्षेत्रलाई हरियाली बनाउने राष्ट्रिय गौरवको आयोजना अगाडि सारेको छ । गाउँपालिकाले भटौली खोलाको शीर चोप्राङ खोलामा बाँध निर्माण गरी खानेपानीको साथै सिचाइँको अवधारणा सहित राष्ट्रिय गौरवका योजना अगाडि सारेको हो । गाउँपालिकाको पाँच वटा वडालाई खानेपानी र सिचाइँ पुर्याउने मुख्य उदेश्य सहित बाँध निर्माणको अवधारणा अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाले यस अािर्थक बर्षबाटै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को लागि २५ लाख बजेट विनियोजन गरेको छ । बाँध निर्माण मार्फत बहुउपयोगी कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिको मात्र नभई देशकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने नीति लिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यस बर्ष डिपिआर तयार गछौ, गाउँपालिकाबाट मात्र आयोजना अगाडि बढाउन सम्भव छैन, हामी प्रदेश सरकार र संघीय सरकारसँग पहल गरेर आयोजना अगाडि बढाउछौं ।’

राम्रो उत्पादन हुने क्षेत्र भएर पनि सिचाइँको उचित व्यवस्थापन हुन नसक्दा लाखौ उत्पादन हुने जमिन बाझो रहदै आएको छ । आयोजनाबाट खाद्य वाली तरकारी फलफुल र दलान बाली पर्याप्त उत्पादन हुने बताउदै उहाँले देशकै नमूना आयोजनाको अवधारणा अगाडि सारिएको बताउनुभयो ।
सैलुङ र अग्लेश्वरको बीचबाट बग्ने भटौली खोला बग्छ । भटौली खोलाको शीरमा बाँध निर्माण गरेपछि गाउँपालिकाको माकादुम,पकरवार, भिरपानी क्षेत्रका पूर्ण रुपमा सिचाइँ गर्न सकिन्छ । वडा नम्बर ३,४, ५, ६ र ७ वडालाई सिञ्चित गर्न सकिएको अवस्थामा खाद्यानमा आत्मनिर्भर हुनुको साथै निर्यात गर्न सकिने अवस्थामा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । आयोजना अगाडि बढेको अवस्थामा गाउँपालिकाभित्र हजारौको संख्यामा रोजगारी सृजना हुने अध्यक्ष तामाङ बताउनुहुन्छ ।

खुसी नेपाली समृद्ध नेपालको आधार तयार गर्नको लागि यो बाँध निर्माणको आयोजना अगाडि सारिएको बताउदै गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले तीन वटै तहको सरकारको समन्वयमा आयोजना अगाडि बढाइने बताउनुभयो ।

सुन्दर सभ्य, समृद्ध खाँडादेवी बनाउने उदेश्यका साथ लागेको हुनाले दिर्घकालिन सोच र योजना पूरा प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताउदै अध्यक्ष तामाङले आयोजना अगाडि बढेको अवस्थामा गर्न सकिन्छ । यस बेला खाँडादेवीको जनता वेदेशिका रोजगारमा कुनै पनि देशमा जानुपर्ने अवस्था आउने छैन् ।
बाँध निर्माण गरेर पर्यकीय रुपमा विकास गर्ने लक्ष्य लिएको गाउँपालिकाले खाँडादेवी मन्दिर, अग्लेश्वरलाई समेत जोडेर विकास गर्ने उदेश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्