मालपोत कार्यालय रामेछाप ७ दिनको लागि बन्द हुने (सूचनासहित)



२३ असोज, राामेछाप ।
रामेछापको मालपोत कार्यालय रामेछाप सात दिनको लागि बन्द हुने भएको छ । मालपात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असोज २९ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्तिको अभाव हुने भएकाले सेवा बन्द गर्ने निर्णय गरेको हो ।

मालपात कार्यालयद्धारा जारी सूचनामा भनिएको छ, कार्यालयमा सेवाग्राहीको चाप समेत बढी भएकाले कार्यालयको तर्फबाट प्रदान गरिने सेवालाई पूर्ण रुपमा सुचारु गरी रहदा अन्य कर्मचारी तथा सेवाग्राहीमा समेत संक्रमण हुन सक्ने जोखिम रहेकाले आगामी असोज २९ गतेसम्मका लागि आन्तरिक प्रशासनिक कार्यहरु बाहेका सबै कार्यालयका तर्फबाट प्रदान गरिने सेवाहरु बन्द गरिएको जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्