कोरोना संक्रमणबाट रामेछाप निवास भण्डारीको मृत्यु
२३ असोज, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछाप निवास एक जनाको शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिक छाउनी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बेताली घर भएका भण्डारी हाल काठमाडौंको चावहिलमा बसोबास गर्दै आउनुभएको थियो ।
नेकपाका नेता प्रेम कुमार कार्कीले भण्डारीको शुक्रवार दिउसो उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । शुक्रवार कोरोनाबाट देशभर गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोनाबाट हालसम्म रामेछापका चार जनाको मृत्यु भइसकेको छ ।