दोरम्बा गाउँपालिकाद्धारा पाँच वटा सडक स्तरउन्तनी गर्न बोलपत्र आह्वान (सूचनासहित)



२४ असोज, रामेछाप ।
गाउँपालिकाभित्रका सडकलाई व्यवस्थित गर्न दोरम्बा गाउँपालिकाले पाँच वटा सडकको स्तरउन्नती गर्ने भएको छ । गाउँपालिकाले मुख्य सडकको रुपमा रहेका पाँच वटा सडकको स्तरउन्नती गर्न लागेको हो ।

सडकको स्तरउन्नती गर्नको लागि पाँच वटा प्याकेजमा बोलपत्र आहवान गरेको छ । दोरम्बा–बोदल–टोकरपुर सडक स्तरउन्नती गर्नको लागि १ करोड ९९ लाख, देउराली–सिनेडाँडा मझुवा–दुधौली भन्ज्याङक सडक स्तरउन्नतीको लागि ९९ लाख ९९ हजार, माले ओडार–पुयाँपानी मध्यपहाडी सडक निर्माण १ करोड ९९ लाख, चौरीखोला–गुँरासे (रिष्ठे बजार ढल तथा ग्राभेल) सडक स्तरउन्नती २१ लाख र भोटनागी निगलवास दोरम्बा सडक स्तरउन्नती ९९ लाख ९८ हजारमा बोलपत्र आह्वान गरेको छ ।

कुन कुन सडक बन्दैछ सूचिसहित 

प्रतिक्रिया दिनुहोस्