समुदायमा कोरोना फैलिएपछि रामेछाप नगरपालिकाको आकास्मिक बैठक



२६ असोज, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिएको छ । समुदायमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि रामेछाप नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ ।

रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खडकाले नगरपालिकाभित्र समुदाय स्तरमा र नगरपालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरुमा समेत कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँले बजार क्षेत्रमा भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न पनि नगरवासीलाई आग्रह गर्नभएको छ । रामेछाप नगरपालिकामा हालसम्म २२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी सोमवार बसेको नगरपालिकाको आकास्मिक बैठकले रामेछाप बजारभित्र बिहान ५ बजदेखि दिउसो १ बजेसम्म मात्र व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्