रामेछापका लामालाई कुटीकुटी हत्या गर्ने तीन जना पक्राउ



२७ असोज, काठमाडौं ।
सुनापती गाउँपालिका–३ कामा घर भइ भक्तपुर चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र याेन्जन (लामा) को हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका याेन्जनकाे अर्कोदिन (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

निर्घात कुटेर बेहोस बनाएपछि याेन्जनले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले काभ्रे र बौद्धको नयाँ वस्तीबाट ७ दिनपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

बुधवार अर्थात २१ असोजमा मध्यान्ह पसलमा आएका दुईजनाले बियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । वाईवा जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन साँझपख घर नजिकै गएका थिए । घरबाट करिब ५ सय मिटर माथि इँटाभट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरेर गरगहना र मोबाइल लुटेर भागेका थिए ।

कुटपिटबाट गम्भीर घाइते  याेन्जनलाई स्थानीयले देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरियो । ग्रिनसिटीमै उपचारका क्रममा बिहीबार उनको मृत्यु भयो । एससपी थापाले कापी शर्माले मृतक वाइवासँग जग्गा किन्नको लागि १६ लाख बैना गरेको स्वीकार गरेका रामेछाप न्युजलाइ जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्