प्रधानमन्त्री ओलीद्धारा मन्त्रीपरिषद विस्तार,तीन मन्त्री थपिए



२८ असोज,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्नुभएको हो । उहाले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रधानम्नत्रीले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहनुभएका पार्वत गरुङलाई प्रधाानमन्त्री ओलीले सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गर्नुभएको थियो । निरन्तर छलफल गरेर उहाले नयाँ मन्त्रीको छनोट गर्नुभएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएको छ । पोखरेललाई मन्त्रिपरिषद्को कार्यालयका जिम्मवारी दिएर प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुभएको छ । अन्य मन्त्रीहरु भने यतावत नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्