रामेछापमा पहिलो पटक करदाता सेवा कार्यालय सञ्चालनमा



२८ असोज, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक करदाता सेवा कार्यालय स्थापना भएर सञ्चालनमा आएको छ । सदरमुकाम मन्थलीमा स्थापना भएको कार्यालयबाट बुधबारबाट औपचारिक रुपमा सेवा सुरु भएको छ । जिल्लाभित्र करदाता कार्यालय नहुँदा सेवाग्राहीले सास्ती झेल्दै आएका थिए । रामेछापका करदाताहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले सरकारले आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट संचालन भैरहेको सेवा अब मन्थलीबाटै सुरु गरेको छ ।

जिल्लाभित्र करदाता कार्यालय स्थापना गर्न विगत लामो समयदेखि माग हुँदै आएको थियो । जिल्लाभित्र कार्यालय नहुँदा रामेछापका करदाताहरु कर बुझाउन आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु पर्ने बाँध्यता रहेको थियो ।
कर कार्यालयको बुधवार एक कार्यक्रमको बीच मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उदघाट गर्नुभयो । उहाँले जिल्लावासीले झेल्दै आएको सास्ती हटेको बताउदै करको दायरालाइ फरकिलो पार्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशब घिमिरेले राजस्व तिर्नको लागि रामेछाप बाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थलीका अनुसार रामेछाप जिल्लामा हाल सम्म ५ हजार ७ सय करताहरु रहेका छन् । जिल्लाबाट सेवा सुरु भएसँगै करदाता संख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुदा अर्काे बर्ष करलाता १० हजार नाघ्ने आनुमान गरेको कार्यालयले जनाएको छ ।
कार्यालयबाट व्यक्तिगत प्यान,व्यवसायिक प्यान, भ्याट, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान,कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउने लगायतका सेवा प्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्