वाकीटकी बोकेर नक्कली प्रहरी बनेर ठग्दै हिडने रामेछापका खडका पक्राउ (फोटोफिचर)



२९ असोज, काठमाडौं ।
विगत दुई बर्षदेखि प्रहरीको सञ्चार सेटजस्तो देखिने वाकीटकी बोकेर रात्रीकालिन व्यवसायीहरुसँग ठग्दै हिडने रामेछापका एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । रातको समयमा म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी पैसा उठाउने काम गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भइ हाल बानियाँटर बस्ने आएका गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले अवधै कार्यमा संलग्न खडकालाई पक्राउ गरिएको बताउनुभयो । उहाँले आज बिहान पैसा उठाउदै गरेको अवस्थामा टोका नगरपालिकाको बालियाँटारबाट पक्राउ गरिएको बताउनुभयो ।
२८ बर्षिय खडका पेसाले हार्डवेर सामान डलिभरी गर्ने भएपनि धेरै पैसा कमाउन मोहको कारण नक्कली प्रहरी बनेर ठगी गर्ने कार्यमा संलग्न हुँदै आएको थापाले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

खडकाको साथबाट प्रहरीले सञ्चार सेट एक थान, प्रहरी सहित अन्य सुरक्षा निकायले लगाउने युनिफर्महरु, सुरक्षा निकायले लगाउने बुट, मतदाता परिचयपत्र, सिठी बा ७८ प १६२ नं. मोटरसाइकल, विभिन्न ब्राण्डका चार थान मोटरसाइकल, गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिईएकोमा २ बर्ष अगाडीबाट गोबिन्द खड्काले उक्त सेटहरुको दुरुपयोग गर्दै आएका देखिएको छ । प्रहरीले खडकाटबा कोही कसैलाई बिभिन्न प्रभाव पारि ठगी गरेको भएमा प्रहरी समक्ष सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्