रामेछापका ट्राफिक प्रहरी प्रमुख पाण्डे पुरस्कृत



१ कात्तिक, रामेछाप ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डे बागमती प्रदेशको उत्कृष्ट प्रहरी छनोट भएका छन् । बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई प्रदान गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको ६५ औं प्रहरी दिवसमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशअन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाइबालाई र उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई प्रदान गरिएको छ ।
उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत भएका पाण्डेले आगामी दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा झन प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाभित्र ट्राफिक व्यवस्थापनमा ध्यान दिएकै कारण दुर्घटनामा कमी आएको छ ।’

प्रतिक्रिया दिनुहोस्