सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री ढुंगेलको निर्देशन (फोटोफिचर)



१ कात्तिक, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सडक निर्माणको काममा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनुभएको छ । जिल्लाभित्र प्रदेश सरकार मातहत निर्माण भइरहेका सडक अन्तर्गत खाँडादेवी गाउँपालिकाको सित्खा–भोटनागी सडक खण्डकाे अाज अनुगमन गर्दै उहाँले गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री ढुंगेलले विकास निर्माणको काम गुणस्तरहिन भए कुनै पनि हातलमा स्वीकार्य नहुने बताउदै स्थानीय सरकार र पूर्वाधार कार्यालयलाइ  नियमित रुपमा अनुगमन गर्न आग्रह गर्नुभयो । मन्त्री ढुंगेलले भन्नुभयो,‘जिल्लाभित्र धमाधम विकास निर्माणको काम अगाडि बढेको छ, विकास निर्माणको काम गुणस्तरीय बनाउन स्थानीय सरकार निर्माण व्यवसायी र नागरिकहरु सचेत भएर लाग्नु पर्छ ।’

सडक निर्माण भएपछि गुणस्तरीय भएको भन्दै गुनासो गर्नु भन्दा निर्माण भइरहेको अवस्थामा सचेतनापूर्वक स्थानीयले पनि गुणस्तरीय काम गर्न खटिनु पर्ने उहाँ बताउनुभयो । करिब २१ करोड रुपैयाँमा सित्खा–भोटनागी सडकको कालोपत्रे यसै बर्ष सम्पन्न हुनेछ । निर्माणको जिम्मेवारी पाएको लुम्बिनी÷आत्रे जेभीले यही असोजमा सडक निर्माण सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएपनि कोभिडको कारण कालोपत्रेको काम केही प्रभावित भएको छ ।


पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगरिने बताउनुभयो । उहाँले निर्माण सुरु भएदेखि नै निरन्तर सुपरभिजको काम गर्दै आएको बताउदै कालोपत्रे गर्ने क्रममा पनि नियमित रुपमा अनुगन हुने विश्वास दिलाउनुभयो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र सडक कालोपत्रेको काम भएपनि निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नभयो,‘गुणस्तरीय सडक निर्माण गर्न स्थानीय सरकारले नियमित रुपमा अनुगमन गरिरहेको छ, सम्झौता विपरीतको काम भए सच्याउन पनि आग्रह गरेका छौं ।’
१० किलोमिटर सडक अन्तर्गत दसै अघि साढे छ किलोमिटर सडक कालोपत्र हुने भएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले सडक कालोपत्रेको काम अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । ‘बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलको पहलमा छोटो समयमा नै सडक कालोपत्रको काम सम्पन्न हुन लागेको छ’,यहाँले भन्नुभयो,‘यो भिरपानीवासीकाले लागि निकै खुसीको कुरा हो ।’
सडक अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खडका, पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिना लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्