रामेछापका मन्दिर र शक्तिपिठमा निषेधाज्ञा जारी



२ कात्तिक, रामेछाप ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक दर्शनका लागि प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

नेपालीहरुको महान चाड विजयादशमी नजिकिदै गर्दा घटनास्थापनादेखि नवमीसम्म देशका विभिन्न शक्तिपिठ तथा मन्दिहरुमा सर्वसाधारणहरुको भीड अत्याधिक हुने भइ कोरोना संक्रमणको जोखिम बढनने हुनाले रामेछापभित्र रहेका शक्तिपिठ र मन्दिहरुमा निषेधाज्ञा जारी गरिएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार रामेछाप जिल्लाभरका नगरपालिका, गाउँपालिका तथा वडाहरुमा रहेको सबै शक्तिपिठ तथा मन्द्यिहरुमा कआगामी कातिृक ९ गतेसम्म निषेधाज्ञा जारी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्